नेपाल उद्योग वाणिज्य महासंघको चैत २८–२९ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष रहेका ढकालले सोमबार वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
ढकालको प्यानलबाट एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारिएको छ । केन्द्रीय कार्यकारिणी समितिमा १२ जना महिला निर्वाचित भए महिला उपाध्यक्ष पनि चयन गर्ने विधानको प्रावधान छ ।
ज्योत्सना श्रेष्ठ हाल पनि एसोसिएट उपाध्यक्ष छिन् । उमेश डालमिया हाल ब्यापार मेला कमिटिका संयोजक हुन् भने कल्पना गैरे कार्यसमिति सदस्य हुन् । नरेश लाल श्रेष्ठ हाल निर्यात प्रवर्दन कमिटिका संयोजक हुन् हुने कमला श्रेष्ठ महिला उद्यमी विकास कमिटिकी संयोजक हुन् ।












