Wednesday, July 1, 2026
spot_img

बालेनले ‘रुखमा बाँधेर भएपनि बाटो बनाउनुपर्छ’ भनेकोमा निर्माण व्यवसायीहरुको आपत्ति

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका प्रत्याशी बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा शाहले केही दिन अगाडि ‘रुखमा बाँधेर भएपनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिलाई महासंघले अमर्यादित र उत्तेजक भन्दै निर्माण व्यवसायीहरूको मनोबल गिराउने गरी गरेको उक्त भाषणका विषयमा बालेनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।

बालेनले भनेका थिए, ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्छ ।’

महासंघले शाहको उक्त अभिव्यक्तिका सन्दर्भमा सोमबार पत्रकार सम्मेलन नै गरेर सार्वजनिक रुपमा माफी माग्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।

महासंघले निर्माण कार्यमा ढिलाइ हुनुका पछाडी निर्माण व्यवसायीहरुको मात्रै दोष नहुने बताउँदै ऐन–कानुनमै सुधार आवश्यक रहेको र कतिपय आयोजनामा स्रोतको अभाव, न्यून बजेटले पनि काममा ढिलाई हुने गरेको बताएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

डिजेल पेट्रोलको भाउ घटेसँगै व्यवसायी आफैँले भने, ‘गाडी भाडा पनि घटाउ’

आयाल निगमले डिजेलमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ...
spot_img