HerCraft मेला २०२६ सम्पन्न भएको छ । मेलामा नेपाली अर्गानिक कपडाबाट निर्मित सजावट सामग्री तथा दैनिक उपभोगका वस्तुहरूको प्रदर्शनी गरिएको थियो ।
ActionAid International Nepal को सहयोगमा आयोजित उक्त कार्यक्रमले महिला नेतृत्वमा सञ्चालित सामाजिक उद्यम HerCraft Nepal को विकास यात्रालाई बलियोसँग प्रस्तुत गरेको छ ।
एक्शन एडको पहलले HerCraft Nepal मार्फत परम्परागत नेपाली सीपलाई अहिलेको आधुनिक बजारसँग जोड्दै महिलाहरूका लागि दिगो आयआर्जनका अवसर सिर्जना गरेको छ । जसले महिलाहरुको आर्थिक क्षमताको विकास मात्रै नभई समुदायकै आर्थिक समुन्नतिका लागि योगदान दिइरहेको छ ।
प्रदर्शनीमा महिला हस्तकर्मीहरूको सीप, समर्पण र सिर्जनशीलता झल्किने सामग्रीहरू प्रस्तुत गरिएका थिए । मेलाबाट संकलित सम्पूर्ण आम्दानी महिला आर्थिक आत्मनिर्भरता सुदृढ तथा सामुदायिक विकासमा पुनः लगानी गरिने आयोजकले जनाएको छ ।
Hotel Dwarika’s को सहयोगमा सम्पन्न उक्त कार्यक्रमले सांस्कृतिक सम्पदा संरक्षण गर्दै समावेशी आर्थिक वृद्धिमा महिला नेतृत्वका उद्यमहरूको महत्वपूर्ण भूमिका रहेको सन्देश दिएको छ ।
यो पनिः












