Wednesday, June 17, 2026
spot_img

HerCraft Nepal : महिला सशक्तिकरणका लागि एक्सन एडको पहल

spot_img
spot_img

एक्सन एडको सोसियल बिजेनश कन्सल्ट्यान्ट सिमोन कोर्डोलियानी हेराल्ट नेपालका बजारमा घुमफिर गर्दा समान्य टेक्सटायलका वस्तु पनि विदेशबाट आयात भएर बिक्री भइरहेको देख्थिन् । ब्याग, पर्स, टेवल कभर, होम डेकोरहरु गृहिणी महिलाले उत्पादन गर्न सक्ने भएपनि ति सामानहरु भारत र चीनबाट आयात भएको पाउँथिन् उनी ।

त्यसपछि सिमोनले मार्केट अध्ययन गरिन् । बजारको अध्ययन सकेपछि उनले ‘सोसियल इन्टरप्राइज’को रुपमा काम गर्न सकिने निष्कर्ष मात्रै निकालिन्, आफू डिजाइनर पनि भएकाले नेपाली कच्चापदार्थ प्रयोग गरेर स्तरीय उत्पादन निकाल्न सकिने खाका पनि बनाइन् । यसपछि एक्सन एडको सहयोगमा सञ्चालन हुने गरी गैर नाफामूलक संस्था र महिला नेतृत्वको सामाजिक व्यवसायको रूपमा ‘HerCraft Nepal’को सुरुवात भयो । यसले नेपाली मौलिकता र यहाँको शिल्प कौशललाई प्रवर्द्धन गर्ने उदेश्य बोकेको छ ।

अनि सुरु भयो तालिम

समान्य सीप भएका तर, अवसर नपाएका महिलाहरुलाई HerCraft Nepal ले तालिमको आह्वान गर्‍यो । यसअघि सामान्य तालिम लिएका तर काम नपाएका र थोर–थोरै अर्डर आउँदा सामान बनाउने तर, व्यवसायिक रुपमा अघि बढ्न नसकेका महिलाहरु तालिममा जोडिए । HerCraft Nepal की Social Enterprise Develpment Officer शिवानी सिंहका अनुसार यसरी जोडिएका दिदी–बहिनीहरुलाई सुरुमा डेढ महिनाको तालिम दिइयो ।

कलर कसरी मिलाउने, स्तरीय डिजाइन कसरी निकाल्ने, आफूले उत्पादन गरेको वस्तुको मूल्य कसरी तोक्ने लगायतका विषयमा सिमोनले तालिम दिइन् । २ सय भन्दा बढी डिजाइन तयार पारेर सहभागी महिलाहरुलाई सिकाउन उनी हरबखत खटिइन् ।

‘गाँजा र अल्लोबाट बनेका नेचुरल कपडा ल्याउँछौँ, तेह्रथुम र संखुवासभा कपडा आउँछ । अन्य जिल्लाबाट पनि आवश्यकता अनुसार कपडा ल्याएर सिकाइन्छ’ शिवानीले भनिन्, ‘केरा र बाँसका कपडा पनि खोजी गरिरहेका छौँ ।’

अहिले दोस्रो चरणको तालिम चलिरहेको छ । कलर म्याचिङ, फिनिसिङ, प्राइसिङ जस्ता कुराहरु अहिले सहभागीलाई सिकाइँदैछ । अर्को कुरा, तालिममा सहभागीलाई यातायात खर्च समेत एक्सन एडले नै दिँदै आएको छ । ‘कुनैपनि सीप बिना लगानी सिक्न पाइँदैन, तर एक्सन एडले महिला सशक्तिकरणका लागि सुरु गरेको प्रोजेक्ट भएकाले सहभागी दिदी बहिनीहरुलाई यातायात खर्च पनि दिन्छौँ । सँगै सीप पनि सिकाउँछौँ’ शिवानीले थपिन् ।

सिमोनका अनुसार अहिले सहभागीहरु धेरै कुरा बनाउन जान्ने भइसकेका छन् । ‘हामीले महिलाको हातमा पैसा पुगोस्, उनीहरुले सीप सिकेर आफैँ काम गर्न सकून् भनेर मात्रै यो प्रोजेक्ट सुरु गरेका होइनौँ’ सिमोन भन्छिन्, ‘उनीहरुले सिकेको सीपबाट परिवार र सिङ्गो समुदायले लाभ प्राप्त गर्न सकोस् भन्ने हाम्रो लक्ष्य छ ।’ उनका अनुसार नेपाली कपडा र प्राकृतिक रेशाबाट प्रिमियम उत्पादनहरू सिर्जना गर्ने सामाजिक व्यवसायिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने दीर्घकालिन लक्ष्यमा एक्सन एड नेपाली महिलाहरुको साथमा छ । यसबाट महिलाहरु आत्मनिर्भर मात्रै नभई आर्थिक र सामाजिक रुपमा समेत सशक्त बन्न सक्ने अपेक्षा गरिएको छ ।

यति मात्रै होइन, अहिले तालिम प्राप्त गरिरहेका महिलाहरुबाटै नयाँ नयाँ टिमको विकास गर्ने योजना पनि HerCraft Nepal ले बनाएको छ । यसका लागि अहिले सहभागी भएकाहरुलाई आफ्ना आफन्त र साथी सङ्गीहरुलाई सहभागी गराउन भनिएको छ ।

के भन्छन् सहभागी ?

चन्द्र रोका लिम्बु पहिला साधारण सिलाईको काम गर्थिन् । नेपाली कपडाबाट नयाँ नयाँ उत्पादन बनाउन सकिन्छ भन्ने उनलाई यसअघि थाहा नै थिएन । ‘मैले यहाँ आउनुभन्दा अगाडि नदेखेका कुराहरु अहिले आफैँले बनाउन सक्ने भएको छु’ उनी भन्छिन्, ‘नेचुरुल कलरका कुराहरु हामीले बुझेकै थिएनौँ । अहिले सिक्न पाउँदा निकै खुशी छु ।’

उनले नेपाली कपडाबाट ब्याग, पर्स, टेवल कभरहरु बनाउन सक्दा राम्रो मूल्य आउँदो रहेछ भन्ने जानकारी पनि यहीँ आएपछि थाहा पाएकी हुन् । त्यसैले चन्द्र रोका लिम्बुको आत्मविश्वास अहिले बढेको छ । उनले आफन्त र साथीहरुलाई समेत यो तालिम लिन प्रोत्साहन गरिरहेकी छिन् ।

मनोहरा भक्तपुरबाट आउने यमुना श्रेष्ठ ८ महिनाको बच्चा लिएर तालिम लिन आएकी हुन् । उनले तालिम लिँदा HerCraft Nepal ले नै उनको बच्चा हेर्ने मान्छे पनि राखिदियो । ‘म तालिम लिन इच्छुक थिएँ, तर साढे ८ महिनाको बच्चा थियो । उहाँहरुले नै मान्छे राखेर बच्चाको हेरचाह गरिदिनु भयो । यो सुविधा नदिएको भए सायद मैले सीप सिक्न पाउने थिइँन होला’ यमुना भन्छिन्, ‘पहिला हामी काम चलाउने हिसाबले मात्रै काम गथ्र्यौँ । तर यहाँ आएपछि फिनिसिङमा राम्रो ज्ञान भएको छ । मूल्य पनि थाहा पाएका छौँ । फ्रान्सदेखि सिमोन म्याम आएर सिकाउनु भएको छ । भविष्यमा यहीँ क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ ।’

उनका अनुसार सामान्य सिलाई कटाईको काम गर्ने नेपाली दिदीबहिनीहरु स–साना कपडाका टुक्रा त्यसै खेर फाल्ने गर्छन् । तर, ति कपडाका टुक्राबाट पनि राम्रा डिजाइनहरु बनाउन सकिने रहेछ भन्ने कुरा उनले अहिले बुझेकी र सिकेकी छिन् । साथै, उत्पादन तयार पार्ने क्रममा मेशिनमा बस्दा पनि सरसफाईमा कसरी ध्यान दिने भन्ने पनि अहिले सिकाइ भएको छ उनलाई ।

अर्की सहभागी कान्छी रोका तामाङ करिब २ दशकदेखि सिलाई सम्बन्धि काम गर्थिन् । तर, केही वर्ष अगाडि उनको ढाडको नशा च्यापियो, त्यसपछि मेशिनमा बस्न भएन । केही वर्षको आराम पछि उनले अहिले यो तालिम लिइन् । ‘प्रोडक्टको फिनिसिङ मात्रै होइन, कटिङ र मेटलसम्म धेरै कुरा थाहा पाइयो’ कान्छी भन्छिन्, ‘नदेखेका कुराहरु देख्न र सिक्न पाएका छौँ । ढाडको समस्याले गर्दा म मेशिनमै बसेर काम गर्न नसकेपनि अब ट्रेनरका रुपमा काम गर्न सक्ने भएकी छु ।’

उनले नेपाली कपडाबाट बनाइएका सामान नेपाल घुम्न आउने विदेशीले किन्दा र विदेशमा समेत निकासी गर्न सक्दा टोल र गाउँ मात्रै नभई सिङ्गो देशलाई समेत योगदान पुग्ने भएकाले महिला दिदीबहिनी र युवतीहरुलाई यस खालको तालिम लिन अनुरोध पनि गरिन् ।

बजारीकरणमा पनि सघाउने

HerCraft Nepal ले तालिमा मात्रै होइन, तालिम प्राप्त गरेपछि उनीहरुले उत्पादन गर्ने वस्तुको बजारीकरणमा पनि सहयोग गर्नेछ । युरोपियन युनियनले ३१ जनवरीमा आयोजना गरेको कार्यक्रममा HerCraft Nepal का उत्पादन प्रदर्शनी भइसके । भविष्यमा पनि विभिन्न फोरमहरुमा प्रदर्शनी गरेर बजारीकरणमा सहयोग गर्नेछ । केही दिनमै द्वारिका होटलमा पनि यस्तै कार्यक्रम हुँदैछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...

नेप्सेको अध्यक्षमा अमृत लम्साल

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका...
spot_img