Wednesday, July 1, 2026
spot_img

महाशिवरात्रिका दिन यस्तो छ पशुपतिनाथ पुग्ने रुट

spot_img
spot_img

आइतबार महाशिवरात्रि पर्व । पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो हुने भएपछि सवारी साधनको रुट निर्धारणसहित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरिएको छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पार्किङका लागि निश्चित ठाउँ तोकिएको छ भने गाडी चल्ने रुट पनि तोकिएको छ ।

चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा सवारी आवागमनमा समस्या भए वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको छ । गौशालामा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्ने व्यवस्था मिलाइने योजना छ ।

तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्धबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई आवश्यकता अनुसार निषेध गरिएको छ ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै चल्ने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

पार्किङको व्यवस्था

१) सिफल चौरमा दर्शानार्थीहरुको सवारी, पास वाहक सवारी साधनहरु, सुरक्षाकर्मीका सवारी साधनहरु ।
२) गुहेश्वरी पारी तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु ।
३) पशुपति क्षेत्र विकास कोषको कार्यालय र भण्डारखालमा सवारी पासवाहक सवारी साधनहरु ।
४) तिलगंगा आँखा अस्पताल र करिडोरमा तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु ।
५) वनकाली क्षेत्रमा शिविर संचालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु ।
६) प्रहरी वृत्त गौशालामा पासवाहक सवारी साधन र सरकारी सवारी साधनहरु ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img