केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा भइरहेको छ । दैनिक आवश्यकता भन्दा बढी ग्यासको आयात हुँदा पनि कृत्रिम अभाव बढेपछि नेपाल आयल निगम आफैँले बिक्री थालेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगमको टेकुस्थित कार्यालयबाट ग्यासको बिक्री सुरू गरिएको हो । उनका अनुसार हाल नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासको बिक्री सुरु गरिएको छ ।
अब उपभोक्ताको माग अनुसार अन्य कम्पनीका ग्यास पनि बिक्रीमा राख्ने निगमको तयारी छ ।
निगमका अनुसार सामान्य अवस्थामा देशभर दैनिक १ लाख सिलिन्डर ग्यासको माग हुने गर्छ । तर, बजारमा ग्यासको अभाव भइरहेको चर्चा पछि ग्यासको माग दैनिक २ लाख सिलिन्डर पुगेको छ ।











