सरकारले ज्येष्ठ नागरिक, एक महिला, दलित जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । सरकारको तथ्यांक अनुसार हालसम्म यस्तो भत्ता पाउने नागरिकको संख्या २० लाखभन्दा माथि रहेको देखिएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालका अनुसार हाल ७० वर्षभन्दा माथिका १६ लाख ६० हजार ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । ६० वर्ष पूरा गरेका १ लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, १ लाख ७१ हजार एकल महिला तथा तोकिएको क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १५९ ज्येष्ठ नागरिकले पनि भत्ता पाइरहेको उनको भनाइ छ ।
सबै लाभग्राही ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाइरहेको सचिव अर्यालले जानकारी दिएकी छिन् ।
उनका अनुसार यो तथ्यांक गत आर्थिक वर्षको २०८१÷०८२ को अन्तिम सम्मको तथ्यांक हो ।












