Wednesday, July 1, 2026
spot_img

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

spot_img
spot_img

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबीच शुक्रबार यसबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कम्पनीका अनुसार हायर होम एप्लायन्स विश्वकै नम्बर १ ब्रान्ड हो । बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनल (Euromonitor International) का तथ्याङ्क अनुसार बिक्री परिमाणका आधारमा हायरले विगत १७ वर्षदेखि निरन्तर पहिलो स्थान कायम गर्दै आएको छ ।

सन् २०२५ को युरोमोनिटर इन्टरनेशनल तथ्याङ्क अनुसार रेफ्रिजेरेटरतर्फ हायरले १८ वर्षदेखि, वासिङ मेसिनतर्फ १७ वर्षदेखि, र वाइन कुलरतर्फ १६ वर्षदेखि विश्वकै नम्बर १ ब्रान्डको स्थान कायम राखेको छ । त्यस्तै, फ्रिजर बिक्रीमा पनि हायरले विगत १५ वर्षदेखि विश्वकै अग्रस्थान कायम राख्दै आएको छ ।

विश्वकै अग्रणी होम एप्लायन्स ब्रान्डका रूपमा हायरले अन्तर्राष्ट्रिय खेलकुदमा पनि लामो समयदेखि ठूलो लगानी गर्दै आएको छ । यस क्रममा कम्पनीले लिभरपुल एफसी (Liverpool FC), पेरिस सेन्ट जर्मन (Paris Saint-Germain), र एटीपी टुर (ATP Tour) जस्ता विश्वस्तरीय खेलकुद संस्थासँग दीर्घकालीन साझेदारी गरेको छ । यही क्रममा आगामी दिनमा नेपालको खेलकुद क्षेत्रमा पनि हायरको उपस्थिती हुने अपेक्षा गरिएको छ । सम्झौताका क्रममा क्रिकेटर पारस खड्काले हायरसँग जोडिन पाउनु एक महत्वपूर्ण अवसर भएको बताएका छन् ।

सम्झौताका क्रममा बोल्दै नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छाले भने, ”नेपाली क्रिकेट टिमका पूर्वकप्तान लिजेन्ड्री पारस खड्कासँग ब्रान्ड एम्बासडरका रूपमा सहकार्य गर्न पाएकोमा नियोटेरिक परिवार गौरव महसुस गरिरहेको छ” यो सहकार्यमार्फत हामी सफलताको मार्गमा एकसाथ अघि बढ्नेछौँ । प्रयोगकर्तालाई सधैं केन्द्रमा राखी, उनीहरूको आवश्यकता अनुसारका हायरका समाधानहरू उपलब्ध गराउन कम्पनी सधैं तत्पर रहनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img