नेपाल ग्यास उद्योग प्रालिले केही दिन ग्यासको नियमित आयतमा कमि आएकोमा हाल सो समस्या समाधान भईसकेको जनाएको छ । कम्पनीले केही कारणबस ईण्डियन आयलका बिभिन्न रिफाइनरीबाट ग्यास लोड गरि ल्याउनका लागि केही समय ढुवानीमा नियमितता नभएकोले केही दिन ग्यासको नियमित आयतमा कमि आएको, तर हाल सो समस्या समाधान भई नियमित ग्यास लोड भई ढुवानी भईरहेको प्रष्ट पारेको छ।
कम्पनीले उपभोक्ताको मागलाई ख्यालमा राखी हाल बजारमा प्रयाप्त मात्रामा ग्यास उपलब्ध गराउन सदा झै कटिबद्ध रहि उद्योगका डिलर मार्फत ग्यास बिक्रि वितरण भई रहेको हुँदा आफुलाई आवश्यक भएको सिलिण्डरमा मात्र ग्यास भरी राख्न आग्रह गरेको छ । समाचारमा आए जस्तो ग्यास अभाव नभएकोले अनावश्यक स्टक समेत नराखिदिन कम्पनीले अनुरोध गरेको छ ।
आफ्ना नजिकका डिलरकोमा ग्यास उपलब्ध नभएको अवस्था भएमा साच्चीकै मार्कामा परेका ग्राहक उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योगले उद्योग परिसर बालाजु, काठमाण्डौं मार्फत समेत ग्यास सिलिण्डर – बिक्रि गरी रहेको जनाएको छ। आफ्ना ग्राहक तथा उपभोक्ताहरुलाई समयमै ग्यास उपलब्ध गराउन कम्पनी कटिबद्ध रहेको र सोही अनुसारको कार्य गर्दै आएको कम्पनीले उल्लेख गरेको छ ।
उद्योगले प्रत्येक दिनको बिक्रि वितरणको विवरण आफ्नो Nepal Gas नामको फेसबुक पेजमा प्रकाशित समेत गर्ने गरेको छ ।












