काठमाडौँबाट टर्कीको लागि उडेको टर्किस एयरको जहाज भारतको कलकतामा डाइभर्ट भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज कोलकतामा सकुशल अवतरण भएको हो ।
प्राधिकरणका अनुसार टर्किस एयर फ्लाईट नम्बर TK-727/A333 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि स्तानवुलको लागि स्थानिय समयमा दिउसो १३:२९ उडान भरी उचाई लिने क्रममा 4 DME West मा Right Engine on fire भनी Kathmandu Approach Control मा Report गरेको थियो । तत् पश्चात केही समय धार्केमा Hold गरि Calcutta (VECC) मा डाइभर्ट गरेको थियो ।
सो जहाजको Calcutta पुग्ने समय अनुमानित समय ETA; 09:15 UTC (15:00 NPT) रहेकोमा 15:03 NPT मा सकुशल अवतरण गरेको प्राधिकरणले जनाएको छ । उक्त जहाजमा जम्मा यात्रु २२५ र चालक दलका ११ सदस्य गरि जम्मा २३६ जना थिए।












