सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पहिलोपटक हेलिकप्टर आयात भएको छ। आडो ट्रान्सपोर्ट कम्पनीले बुधबार बेलुकी ४० फुटे टेलरमा राखेर हेलिकप्टर नेपाल ल्याएको हो।
तातोपानी भन्सार कार्यालयका अनुसार एक–दुई दिनभित्र भन्सार जाँचपास प्रक्रिया पूरा गरिनेछ। यसबाट ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको। चिनियाँ हेलिकप्टरको मूल्यअनुसार राजस्व तय हुने कार्यालयले जनाएको छ।
यो हेलिकप्टर माउन्टेन हेलिकप्टर प्रालिले खरिद गरेको हो। कम्पनीले थप पाँचवटा चिनियाँ हेलिकप्टर पनि यही नाकाबाट ल्याउने तयारी गरेको जनाएको छ।