यस्तो छ सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ओलीले प्रचण्डलाई लेखेको पत्र

spot_img

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेले आज बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिँदै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई लेखेको पत्रमा भनिएको छ ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले) को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ ।’

पत्रमा उल्लेख भए झैँ राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएको तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि समर्थन फिर्ता लिने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

आज नै नेकपा एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन्। आज बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका हुन्।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनाम दिएसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब कांग्रेस र एमाले मिलेर सरकार बनाउने तयारी छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...