Tuesday, February 10, 2026
spot_img

यस्तो छ सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ओलीले प्रचण्डलाई लेखेको पत्र

spot_img
spot_img

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेले आज बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिँदै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई लेखेको पत्रमा भनिएको छ ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले) को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ ।’

पत्रमा उल्लेख भए झैँ राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएको तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि समर्थन फिर्ता लिने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

आज नै नेकपा एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन्। आज बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका हुन्।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनाम दिएसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब कांग्रेस र एमाले मिलेर सरकार बनाउने तयारी छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img