नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेले आज बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएको तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि समर्थन फिर्ता लिने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्रीलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी दिने र सरकारबाट फिर्ता हुने एमालेका मन्त्रीहरुको तयारी छ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।