Monday, May 25, 2026
spot_img

काठमाडौँ महानगरद्वारा स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु

spot_img
spot_img

काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ ।

जन्म मृत्युविचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ् गरेर विश्व समक्ष पुर्‍याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो ।

यो कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यसरी अगाडि सारिएको कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुथि तथा संघ संस्थाका प्रतिनिधिहरुको प्रतिक्रिया बुझ्न र यस सम्बन्धी सूचना संकलन गर्न आज छलफल कार्यक्रम आयोजना ग¥यो ।

‘मदिरा ऐनले यस्ता बस्तुको प्रवर्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन ।’ छलफलमा महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रुपान्तरण गर्नुपर्छ ।’ पुस्ताले व्यवहारिक शिक्षाका रुपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक छ । यसो नहुँदा स्तरीय उत्पादनका लागि पूर्खाले प्रयोग गरेको सिप थाहा हुँदैन । उनले , संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताए ।

छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरु सहभागी थिए ।

उनीहरुले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, महानगरपालिकाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा ठूलो योगदान हुने प्रतिक्रिया दिएका छन्। कानुनी समस्या छन् । महानगरपालिका आफैँले कार्यक्रम अगाडि सारेकोले आवश्यकता आधारमा प्रचलित कानुन संशोधन हुनेमा आशावादी छौँ । उनीहरुले धारणा राख्दै भने, ‘सांस्कृतिक तथा भोज कार्यका लागि तयार गरिने उत्पादनले आयआर्जन गरायो भने यो हाम्रा लागि ठूलो सहयोग हुनेछ ।’

छलफलमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले, स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए । विभागका दर्ता प्रवर्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठका अनुसार आफैँ प्रयोग गर्न प्रयोजनका लागि मादक पदार्थ उत्पादन गर्न पाइने व्यवस्था छ । यस्तो उत्पादन बेचविखन गर्न भने पाइँदैन । ‘यस्तो अवस्थामा रहेको स्थानीय पेय पदार्थको उत्पादन तथा गुणस्तर कायम राख्ने रैथाने विधिको अध्ययन थालिएको छ ।’

समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका बस्तुको मात्र अध्ययन हुनेछ । कार्यक्रमका बारेमा जानकारी दिँदै स्मार्टसिटी विज्ञ बिज्ञान घिमिरे भन्छन्, ‘पेय पदार्थ उत्पादन गर्ने तरिका, समय, उत्पादनका लागि प्रयोग गरिने भाँडाकुँडा, ताप तथा उर्जा, कच्चा पदार्थ, उत्पादित बस्तुको भण्डारण, प्रयोगको मात्रा, उपभोक्तालगायतका विषयमा अध्ययन हुनेछ । यसका लागि गुथिहरुको पेय पदार्थ उत्पादन गर्ने ठाउँमा गएर विधिको अध्ययन हुनेछ । नमूना संकलन गरेर मात्राको तथा गुणको परीक्षण गरिनेछ ।’

व्राण्डिङ्को कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ । पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ । यो काम सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ् गर्न सकिन्छ भन्ने थाहा हुनेछ । यसपछि कानुनी व्यवस्था तर्जुमा गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिनेछ । यसपछि मार्केटिङ् गर्ने, बजारीकरण गर्ने चरणमा पुगिन्छ । यति गरेपछि ब्राण्डिङ् गरिएका पेय पदार्थ अन्तरराष्ट्रिय बजारमा लैजान सकिन्छ ।

वडा नं. १८ की नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चा पदार्थ तयार पारिने), लय् (१ महिना राखेर कच्चा पदार्थ तयार पारिने) र पुइकेगु (व्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।

काठमाडौँमा पुस महिनाको पानीमा बनाएको उत्पादनलाई उत्कृष्ट मानिन्छ । मंसिर, पुस र माघमा कच्चा पदार्थ बनाउने, यसलाई भण्डारण गरेर मौसम र शुभकार्यको प्रकृतिअनुसारको स्तरमा उत्पादन गर्ने गरिन्छ ।

पहिले यसका लागि तामाको भाँडाको प्रयोग गरिन्थ्यो । भण्डारण गर्दा तापक्रम मिलाउन पराल र माटाको घ्याम्पो प्रयोग हुन्थ्यो । शुभकार्यमा सगुनका रुपमा आफैँले उत्पादन गरेको वस्तुको प्रयोग हुन्थ्यो । अहिले बजारमा प्राप्त हुने पेय पदार्थ किनेर शुभकार्य चलाउने गरिएको छ । भाँडाकुँडा पनि अल्मुनियम र प्लाष्टिक प्रयोग हुने गरिएको छ । यसले गर्दा एकातिर स्थानीय आय घटेको र खर्च बढेको छ । यस्तै गुणस्तरमा पनि ह्रास आउन थालेको छ ।

मौलिक सिपबाट गुणस्तरीय पेय पदार्थ बनाउने परम्परालाई पुनस्र्थापना गर्ने र यसको दिगो सुरक्षाका लागि ब्राण्डिङ् गर्ने महानगरपालिकाको योजना हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

देउवालाई पक्राउ नगर्न अदालतको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न आदेश दिएको...

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको...

सरकारले बढायो धानको मूल्य, किसानलाई राहत

सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य...

मन्त्रिपरिषद् बैठकले गर्यो ४ निर्णय

सरकारले विभिन्न ४ वटा निर्णय गरेको छ। आज सोमबार...

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका...

डीडीसीले किसानलाई दिन थाल्यो दूधको रकम, दैनिक १ करोड भुक्तानी हुँदै

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास...
spot_img