Thursday, March 12, 2026

भिभोको वाई १९ एस् प्रो नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

spot_img
spot_img

भिभोले आफ्नो लोकप्रिय वाई सिरिजलाई थप मजबुत बनाउँदै नयाँ वाई १९ एस् प्रो सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्ताबीच लोकप्रियता कमाउन सफल वाई १९ एस्को सफलता पछि वाई १९ एस् प्रो अझ उन्नत ब्याट्री प्रदर्शन, स्टाइलिश डिजाइन र उपयोगकर्तामैत्री फिचरहरूसहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस नयाँ संस्करणमा ६००० एमएएचको शक्तिशाली ब्याट्री दिइएको छ, जुन लामो समयसम्म बिना झन्झट प्रयोग गर्न सकिने बताईएको छ । ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजीले केवल ५० मिनेटमै २०% बाट ८०% सम्म चार्ज गर्न सक्षम बनाउँछ । साथै, ५ वर्षको ब्याट्री हेल्थ सुरक्षा अन्तर्गत, १७०० पटक चार्ज–डिस्चार्ज भए पनि कम्तिमा ८०% क्षमता कायम रहन्छ ।

कम्पनीले भनेको छ ‘भिभो वाई १९ एस् प्रोको एन्टी–ड्रप डिजाइन, एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशन सहित निर्माण गरिएको छ, जसले दैनिक प्रयोगमा थप विश्वास र सुरक्षा प्रदान गर्छ। यसमा आईपि ६४ प्रमाणित धुलो तथा पानी प्रतिरोध क्षमता रहेको छ, जसले साना पानीका छिटा र धुलो सहज रूपमा सहनसक्ने बनाउँछ ।’

भिभो वाई १९ एस् प्रो मा ६.६८ इन्चको हाई–ब्राइटनेस डज डिस्प्ले दिइएको छ, जुन ९० हर्ट्ज रिफ्रेश रेट र १००० निट्स पीक ब्राइटनेस सहित आएको छ । यसले उज्यालो घाममा पनि स्क्रिन स्पष्ट देख्न मद्दत गर्ने कम्पनीको भनाई छ। कम्पनीका अनुसार टीयूभी राइनल्याण्ड लो ब्लू लाइट सर्टिफिकेसनले लामो प्रयोगपश्चात पनि आँखा थकान कम गर्छ। डुअल स्टीरियो स्पिकरले आवाजलाई ३००% सम्म बढाएर प्रयोगकर्तालाई जीवन्त अडियो अनुभव प्रदान गर्छ। फोटोग्राफीप्रेमीहरूका लागि, ५० एमपी एचडी मुख्य क्यामेरा सहितको सेटअपले सामान्य, पोट्र्रेट वा कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सक्षम बनाउँछ ।

डिजाइनमा पनि भिभोले पुन एकपटक उत्कृष्टता प्रस्तुत गरेको कम्पनीको दाबी छ । कम्पनीले भनेको छ ‘ ‘डाईनामिक लाईट’ नामक इनोभेटिभ एलिमेन्ट क्यामेरा मोड्युलमा समावेश गरिएको छ, जसले चार्ज हुँदै गर्दा, फोन कल आउँदा, गेमिङ वा फोटो खिच्दा सटल लाईट इफेक्ट्स देखाउँदै फोनलाई अझ स्टाइलिस बनाउँछ । भिभो वाई १९ एस् प्रो दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध छ, पर्ल सिल्भर र डायमण्ड ब्लयाक ।’

यो स्मार्टफोन जेष्ठ ११ गतेदेखि देशभरका अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन मार्फत् मात्र रु २०,९९९ मा उपलब्ध हुनेछ । शक्ति, स्टाइल र भरपर्दो टिकाउपन एकैसाथ खोज्ने प्रयोगकर्ताहरूका लागि भिभो वाई १९ एस् प्रो एक उपयुक्त विकल्प बन्ने कम्पनीको दाबी छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्न थाल्यो तापक्रम, काठमाडौँ मै २५.४ डिग्रीसम्म पुग्यो

राजधानी काठमाडौँ सहित देशका विभिन्न शहरको तापक्रम बढ्न थालेको...

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका...

नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र...

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका, एक्सचेन्ज क्याम्प सुरु

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का...
spot_img