Sunday, August 9, 2026
spot_img

एभरेष्ट कलरले पायो आईपीओ निष्काशन अनुमति

spot_img

एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

२०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले नेपाली बजारमा रङ्ग  उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ । गुणस्तरीय कलर उत्पादन गरी आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृृजना गर्ने तथा आन्तरीक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने यस कम्पनीको प्रमुख उद्देश्य रहेको छ ।  यस कम्पनीले अन्र्तराष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि, गुण्स्तरीय कच्चा पदार्थ प्रयोग गरी नेपाली हावापानीमा सुहाउँदो रङ्ग उत्पादनको अनुसन्धान तथा विकास गरी गुणस्तरीय उत्पादन तथा सेवा मार्फत नेपाली रङ्ग को वजारमा आफ्ना उत्पादनहरू उपभोक्ताहरुलाई प्रदान गरी रहेको जनाएको छ ।

कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img