नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख ११ गते शुक्रबार रोडशो (छलफल) कार्यक्रम गर्ने भएको छ ।
कम्पनीले बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (७) उपदफा (१) बमोजिम प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई सोही निर्देशिकाको दफा (८) को व्यवस्था अनुरुप आशय मूल्य , योग्य संस्थागत लगानीकर्ताले खरीद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्गनको आधार सहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सो समेत प्राप्त गर्ने प्रयोजनका छलफल कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
यस छलफल कार्यक्रममा नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ता (QII) को रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरु सहभागी हुन सक्ने छन्। आईपीओ निष्काशनको लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिट बिक्री प्रबन्धक रहेको छ। क्यापिटलले नै यो कार्यक्रम आयोजना गरेको हो ।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २०० शैयाको बहु–विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ । यो ३०० शैयाको अस्पतालमा स्तरोत्रति गर्ने प्रक्रियामा छ ।









