Sunday, May 25, 2025
spot_img

देशभर फैलियो मनसुन, सतर्कता अपनाउन आग्रह

spot_img
spot_img

यस वर्षको मनसुन प्रणाली आज २०८१/०३/१० (२४ जुन २०२४) गतेका दिन देशभर फैलिएको छ। नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी  २०८१/०२/२८ (१० जुन २०२४) मा  कोशी प्रदेशको पुर्वी भू-भागमा आगमन भएको थियो ।

२०८१/०३/०६ (२० जुन २०२४) गतेका दिन कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन आगमनको दिन देखि १५ दिनको समय लागेको  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। महाशाखाले सोही अनुसार नियमित रूपमा मनसुन बुलेटिन जारी गर्दै जाने उल्लेख गरेको छ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहाव (debris flow) जस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन साथै अद्यावधिक मौसम सुचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img