spot_img

देशभर फैलियो मनसुन, सतर्कता अपनाउन आग्रह

spot_img

यस वर्षको मनसुन प्रणाली आज २०८१/०३/१० (२४ जुन २०२४) गतेका दिन देशभर फैलिएको छ। नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी  २०८१/०२/२८ (१० जुन २०२४) मा  कोशी प्रदेशको पुर्वी भू-भागमा आगमन भएको थियो ।

२०८१/०३/०६ (२० जुन २०२४) गतेका दिन कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन आगमनको दिन देखि १५ दिनको समय लागेको  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। महाशाखाले सोही अनुसार नियमित रूपमा मनसुन बुलेटिन जारी गर्दै जाने उल्लेख गरेको छ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहाव (debris flow) जस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन साथै अद्यावधिक मौसम सुचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...