Saturday, June 27, 2026
spot_img

यी हुन् ११ महिनामा नेपालले धेरै आयात गरेको १० वस्तु, डिजेल एक नम्बरमा

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिना (२०८० साउन देखि २०८१ जेठ सम्म)मा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । आयात रकमको आधारमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा धेरै छ ।

११ महिनाको अवधिमा डिजेल मात्र १ खर्ब २९ अर्बको आयात भएको छ । १२ लाख ५१ हजार किलो लिटर डिजेल आयात भएको छ । त्यस्तै  पेट्रोल र एलपीजी ग्यास क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

यस्ता छन् ११ महिनामा सर्वाधिक आयात भएका १० वस्तु:

१. डिजेल -१ खर्ब २९ अर्ब

२. पेट्रोल -६२ अर्ब ८७ करोड

३. खाना पकाउने ग्यास -५१ अर्ब ७ करोड

४. आइरन ओर : ३५ अर्ब १३ करोड

५. स्टिल – ३२ अर्ब ६२ करोड

६. स्मार्ट फोन – २६ अर्ब ३३ करोड

७.औषधि- २५ अर्ब १४ करोड

८. सुन- २३ अर्ब ६५ करोड

९. कोइला- २१ अर्ब ४ करोड

१०. विद्युतीय गाडी (५१ किलोवाटदेखि १०० किलोवाटसम्मको) – १९ अर्ब ६७ करोड

घट्यो आयात निर्यात 

गत आर्थिक वर्षको तुलनामा यो वर्ष आयात घटेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात १.८४ प्रतिशत आयात घटेको हो । गत आवको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

आयातसँगै नेपालको निर्यात पनि घटेको छ । चालु आवको ११ महिनामा निर्यात ३.०१ प्रतिशतले घटेको हो । चालु आवको ११ महिनामा १ खर्ब ३९ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४३ अर्ब रुपैयाँको भएको थियो ।

यो अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो १.९५ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड रहेको थियो ।

समग्रमा यो ११ महिनामा नेपालको ब्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १.७२  प्रतिशत कम हो । गत आवको सोहि अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img