Thursday, May 22, 2025
spot_img

यी हुन् ११ महिनामा नेपालले धेरै आयात गरेको १० वस्तु, डिजेल एक नम्बरमा

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिना (२०८० साउन देखि २०८१ जेठ सम्म)मा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । आयात रकमको आधारमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा धेरै छ ।

११ महिनाको अवधिमा डिजेल मात्र १ खर्ब २९ अर्बको आयात भएको छ । १२ लाख ५१ हजार किलो लिटर डिजेल आयात भएको छ । त्यस्तै  पेट्रोल र एलपीजी ग्यास क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

यस्ता छन् ११ महिनामा सर्वाधिक आयात भएका १० वस्तु:

१. डिजेल -१ खर्ब २९ अर्ब

२. पेट्रोल -६२ अर्ब ८७ करोड

३. खाना पकाउने ग्यास -५१ अर्ब ७ करोड

४. आइरन ओर : ३५ अर्ब १३ करोड

५. स्टिल – ३२ अर्ब ६२ करोड

६. स्मार्ट फोन – २६ अर्ब ३३ करोड

७.औषधि- २५ अर्ब १४ करोड

८. सुन- २३ अर्ब ६५ करोड

९. कोइला- २१ अर्ब ४ करोड

१०. विद्युतीय गाडी (५१ किलोवाटदेखि १०० किलोवाटसम्मको) – १९ अर्ब ६७ करोड

घट्यो आयात निर्यात 

गत आर्थिक वर्षको तुलनामा यो वर्ष आयात घटेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात १.८४ प्रतिशत आयात घटेको हो । गत आवको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

आयातसँगै नेपालको निर्यात पनि घटेको छ । चालु आवको ११ महिनामा निर्यात ३.०१ प्रतिशतले घटेको हो । चालु आवको ११ महिनामा १ खर्ब ३९ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४३ अर्ब रुपैयाँको भएको थियो ।

यो अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो १.९५ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड रहेको थियो ।

समग्रमा यो ११ महिनामा नेपालको ब्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १.७२  प्रतिशत कम हो । गत आवको सोहि अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img