Tuesday, April 21, 2026
spot_img
spot_img

हालसम्म कै महँगो हुँदै डलरको मूल्यले बनायो नयाँ रेकर्ड, के पर्छ असर ?

spot_img
spot_img

आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। आज एक अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ ८० पैसा पुग्दै डलर हालसम्मकै महँगो बनेको हो।

यो भनेको १ डलर पाउनको लागि १३९ रुपैयाँ ८० पैसा नेपाली रकम खर्च गर्नु पर्छ । अर्थात् एक डलर साट्नको लागि अब अहिलेसम्मकै धेरै पैसा तिर्नु पर्छ । यसलाई अर्को भाषामा भन्दा डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ।

राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर भने १३९ रुपैयाँ २० पैसा तोकेको छ । यो राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो ।

डलरको मूल्य बढ्दा कसलाई के फाईदा ?

डलरको मूल्य महँगो हुँदा कसलाई फाईदा हुन्छ भने कसैलाई घाटा हुन्छ। सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। डलरको मूल्य महँगो हुँदा नेपाल आउने रेमिट्यान्स बढ्छ । डलरमा पठाएको रेमिट्यान्स नेपालमा साट्दा धेरै पैसा आउँछ, डलरको भाउ महँगो हुँदा डलर साट्दा पाइने नेपाली रकम धेरै हुने हो ।

त्यस्तै डलरको मूल्य महँगो हुँदा नेपालमा प्राप्त हुने वस्तु तथा सेवाहरु पहिलेको भन्दा कम डलरमा पाइन्छ । यसले पर्यटनहरुलाई नेपालमा आकर्षण गर्न मद्दत गर्न सक्छ । जसबाट नेपालले फाईदा लिन सक्छ ।

त्यस्तै डलर महँगो हुँदा नेपालले निर्यातबाट धेरै लाभ लिन सक्छ । नेपालले वस्तु तथा सेवा विदेश निर्यात गर्दा डलर प्राप्त गर्ने र सो डलर महंगो हुँदा नेपालले थप आम्दानी गर्न सक्छ । यसले केही हदसम्म भएपनि ब्यापार घाटा घटाउन मद्दत गर्नसक्छ ।

तर नेपालले निर्यात भन्दा  आयात धेरै गर्ने भएकोले डलरको मूल्य महँगो हुँदा आयात महँगो हुन जान्छ । यसले नेपालको वैदेशिक मुद्राको संचितिमा असर पुर्याउन सक्छ । साथै डलरको मूल्य बढ्दा नेपालले डलरमा तिर्नु पर्ने सावाँ र ब्याज महँगो हुन्छ । यसले नेपाललाई थप आर्थिक भार पर्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img