सुपर कृषक एपले हाल टि २० विश्वकप क्रिकेट खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन गर्न ५ रन बराबर एक कफी बिरुवा अभियान ल्याएको छ । यो अभियान अन्तर्गत नेपाली खेलाडीली हानेको प्रत्येक रन बापत सुपर कृषकले सम्भावना बोकेको सिमान्तकृत किसानहरुलाई कफीको बिरुवा बाढ्ने तथा यसको रेखदेखको लागि आवश्यक तालिम तथा प्रविधि प्रदान गर्ने एपले जनाएको छ ।
एपले नेपाली कृषकलाई विभिन्न डिजिटल सेवा सुविधामार्फत उनीहरुको जीवनशैली सहज बनाउँदै आएकोछ। नेपाली कृषिलाई पनि क्रिकेटसंग जोड्ने उद्द्येश्यका साथ ५ रन बराबर एक कफी बिरुवा अभियान ल्याएको एपले जनाएको छ ।