Thursday, July 9, 2026
spot_img

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु

spot_img

सेती खोला हाइड्रोपावर लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण गरेको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको हो।

अब प्रारम्भिक रुपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ । सो अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिने छ ।

सेती खोला जलविद्युत् आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ । त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पु¥याइएको छ । यहाँ ११÷११ मेगावाट क्षमताका दुईवटा ‘टर्वाइन’ जडान गरिएका छन्।

आयोजनामा रु पाँच अर्ब पाँच करोड लगानी भएको छ । आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने कम्पनीको तयारी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले गरे छलफल, व्यवहारिक समस्या समाधानको प्रतिवद्दता

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको...

१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त...
spot_img