नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनी एक आपसमा मर्ज भएर असार २६ गते एकिकृत कारोबार सुरु गर्दै छन् । मर्जर प्रयोजनको लागि असार २६ देखि नै लागु हुनेगरी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिएको हो।
यी दुई कम्पनी एक आपसमा मर्ज भएर २०८३ असार २६ गतेदेखि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्दै छन्। लगानीकर्ताको शेयर पनि पोखरा फाइनान्स लिमिटेडको नाममा खातामा आउने छ र त्यसपछि कारोबार फुकुवा हुनेछ।
यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो। दुवै संस्थाको माघ १४ गते सम्पन्न साधारणसभाले मर्जर पस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले २०८३ वैशाख २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिष्ट्रार कार्यालयले जेठ ७ गते र धितोपत्र बोर्डले असार ३ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेका थिए।
त्यस पश्चात असार ११ गते बसेको संयुक्त मर्जर कमिटिको बैठकले असार २६ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। पोखरा फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुने छ। मर्जर पश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको पुतलीसडक (हाल समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय रहेको स्थान)मा रहने छ।
दुवै संस्था समान हैसियतमा मर्ज भएका हुन्। संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेकोमा दुवै कम्पनीको साधारणसभाले सो स्वापलाई पारित गरेका थिए।









