Monday, June 29, 2026
spot_img

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली आज हुँदै

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको पदबहाली आज सोमबार हुँदै छ।  अर्थ मन्त्रालयमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेसँग पद तथा गोपनियताको सपथ लिएपछि नव नियुक्त अध्यक्ष डा. भट्टले आज पदबहाली गर्न लागेका हुन् ।

यस अघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको कारण उनको पदबहालीमा ढिलाई भएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रास्वपाका उपसभापति थिए र फेरी पनि उपसभापति मै निर्वाचित भएका छन्।  उनी चितवनमा भएको कारण अध्यक्षको सपथ र पद बहालीमा ढिलाई भएको थियो।

बोर्ड अध्यक्षले अर्थमन्त्रीबाट नियुक्ति पत्र बुझेर अर्थमन्त्री समक्ष नै पद तथा गोपनियताको सपथ लिने प्रचलन छ। त्यसपछि बल्ल बोर्डको कार्यालयमा पदबहालीको लागि जाने अभ्यास छ ।

डा. भट्टलाई असार ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सामान्यतया नियुक्तिको दोस्रो कार्य दिनमा नियुक्तिपत्र प्रदान हुन्थ्यो र पदबहाली हुन्थ्यो। तर मन्त्री नै चितवनमा भएका कारण यी काम हुन सकेको थिएन।

बोर्डका नवनियुक्त अध्यक्ष डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केन्द्रीय बैंकमा ३० वर्ष सेवा गरेर उनी सेवानिवृत्त भएका थिए । उनले ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा विद्यावारिधी गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्सको विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर...

असार १५ गते: ७५ लाख लिटर दही खपत हुने अनुमान

आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस ।...

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

धितोपत्र बोर्डका अध्यक्षले पदबहाली गर्दै के गरे पहिलो निर्णय ?

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले...

जगदुल्ला परियोजनाले तयार पार्यो कर्णालीको आर्थिक गतिविधि विस्तारको आधार

डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले कर्णाली प्रदेशको आर्थिक–सामाजिक...

धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टद्वारा पदबहाली

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले...
spot_img