Thursday, August 6, 2026
spot_img

मेक्सिको बन्यो नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम

spot_img

दक्षिण कोरियालाई १–० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा शुक्रबार बिहान भएको खेलमा लुइस रोमोको निर्णायक गोलमा मेक्सिको राउण्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो । रोमोले ५०औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि निर्णयक भयो ।

खेल भर बल पोजिसनमा मेक्सिकोभन्दा बढी भएपनि दक्षिण कोरियाले गोल गर्न सकेन ।

समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा ३ अंक जोडेको दक्षिण कोरियाको पनि सम्भावना कायमै छ । पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

नकआउट चरणमा ३२ टोली पुग्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट ८ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची)

बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको...

सरकारको खानी विधेयकः १ लाख जरिवानालाई १ करोड पुर्‍याइयो, उद्योगीको ‘गम्भीर आपत्ति’

सरकारले संसदमा दर्ता गराएको खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई...

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...
spot_img