Thursday, August 6, 2026
spot_img

आजदेखि सुरु हुँदै इतिहासकै सबैभन्दा ठूलो फिफा विश्वकप

spot_img

फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यो संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकप हुनेछ जसमा ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

उद्घाटन खेल आज मध्यरातपछि अर्थात् नेपाली समय अनुसार रातको १२:४५ बजे  मेक्सिको सिटीको मेक्सिको सिटी स्टेडियममा मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। यो २०१० विश्वकपको उद्घाटन खेलको दोहोरिने खेल हो। त्यस अघि उद्घाटन समारोह हुने छ।

यो विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको हो। यसैले तीनवटा उद्घाटन समारोह आयोजना हुँदैछन् ।

यो पटकको विश्वकपमा ठूलो परिवर्तन गरिएको छ। प्रत्येक समूहमा ४ टोली रहने गरि ४८ टोलीलाई १२ समूहमा विभाजित गरिएको छ। समूह चरणमा प्रत्येक टोलीले ३ खेल खेल्नेछन्। प्रत्येक समूहको शीर्ष २ टोली र ८ उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीहरू ३२ टोलीको नकआउट चरणमा प्रवेश गर्नेछन्। कुल १०४ खेल हुनेछन्।

विश्वकप जुलाई १९, २०२६ मा न्यूयोर्क/न्यू जर्सीमा फाइनलसँगै समापन हुनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची)

बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको...

सरकारको खानी विधेयकः १ लाख जरिवानालाई १ करोड पुर्‍याइयो, उद्योगीको ‘गम्भीर आपत्ति’

सरकारले संसदमा दर्ता गराएको खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई...

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...
spot_img