आगामी शनिवार सुरु हुन लागेको टि २० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै छ। नेपालले आज दिउँसो ३:१५ मा क्यानाडासंग अभ्यास खेल खेल्न लागेको हो । यो खेल चेन्नईमा हुने छ।
यस अघि नेपालले मंगलबार युएई विरुद्द पहिलो अभ्यास खेल खेलेको थियो। सो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो।
विश्वकपका खेलहरु भने आगामी शनिवारदेखि हुने छ । नेपालको खेल भने आइतबार रहेको छ। पहिलो खेलमा नेपालले इंग्ल्यान्डसंग प्रतिस्पर्धा गर्ने छ।
विश्वकपमा नेपाल समूह सी मा रहेको छ। जसमा नेपाल सहित इंग्ल्यान्ड, इटाली, स्कटल्याण्ड र वेस्ट इन्डिज रहेका छन् ।
नेपालले तेस्रो पटक टि २० विश्वकप खेल्न लागेको हो।












