Sunday, March 23, 2025
spot_img
spot_img

कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले जित्यो

अर्जेन्टिनाले कोपा अमेरिका फुटबल २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० ले हराएको हो ।

अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रुपासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् ।

६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सी चोटका कारण मैदान बाहिरिनु परेको थियो ।

१९९४ पश्चात कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले ३ वर्षको अवधिमा लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो ।

यसैबीच, आजको खेलमा गोल गर्ने लौतारो मार्टीनेज प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बनेका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img