आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५३ हजार ८५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६२० सय रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ७० रुपैयाँ तोकिएको छ ।












