आज सोमबार सुनको भाउ घटेको छ। आइतबार प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ७ सय ४५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय १३ रुपैयाँ तोकिएको छ ।













