Saturday, June 20, 2026
spot_img

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले वैशाख १७ गतेको पत्र मार्फत बैंकलाई हाल कायम चुक्ता पुँजी ५० प्रतिशत हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो।  नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसंगै बैंकलाई हकप्रद निष्काशनको लागि बाटो खुलेको छ।

अब बैंकले जेठ १८ गते बोलाएको साधारणसभाबाट हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने छ । त्यसपछि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले हकप्रद निष्काशन गर्ने छ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। बैंकले २:१ को अनुपातमा ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाखको हकप्रद निष्काशनको प्रस्ताव गरेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img