Sunday, May 3, 2026
spot_img
spot_img

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

spot_img
spot_img

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश ल्याएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले ४ दिनको अवधि मै ७ वटा अध्यादेश जारी गरेका हुन् ।

वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १७ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको थियो।  सोहि अनुसार राष्ट्रपतिले वैशाख ९ गते नै वैशाख १७ गतेको लागि संसद अधिवेशन बोलाए।

तर वैशाख १० गते सरकारले राष्ट्रपतिलाई आह्वान भईसकेको अधिवेशन स्थगन गर्न सिफारिस गर्यो।  वैशाख १० गते नै राष्ट्रपतिले विशेष कारणवश भन्दै आह्वान भईसकेको अधिवेशन स्थगन गरे ।

त्यसपछि सरकारले लगातार ८ वटा अध्यादेश सिफारिस गर्यो।  सरकारको सिफारिस अनुसार राष्ट्रपतिले ४ दिनको अवधिमा ८मध्ये ७ वटा अध्यादेश जारी गरेका छन् ।  एउटा अध्यादेश भने उनले पुनर्विचार गर्न भन्दै सरकारलाई फिर्ता गरिदिएका छन् ।

कुन अध्यादेश कहिले जारी /फिर्ता ? 

वैशाख १७ गते : सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

वैशाख १८ गते : सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३

वैशाख १९ गते : स्वास्थ्य विज्ञान प्रतिष्‍ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३

वैशाख १९ गते : सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३

वैशाख १९ गते : विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३

वैशाख २० गते : केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३

वैशाख २० गते : संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनर्विचारको लागि फिर्ता

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...

सामाखुसीको सिटी स्क्वायर मलले आईपीओ निष्काशन गर्ने

नर्थ सिटी मल्टीपर्पोज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।...
spot_img