आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार २ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ७ सय १६ रुपैयाँ तोकिएको छ ।













