सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विश्वबैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए।
उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो। यो रकम परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि प्रयोग हुने मन्त्री पोखरेलको भनाई छ ।













