Monday, May 4, 2026
spot_img
spot_img

उर्जाको अनुभवलाई महासंघमार्फत नीति निर्माणको तहमा लैजाने तयारीमा बटु

spot_img
spot_img

उर्जा उद्यमी बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य (एसोसिएटस् तर्फ) पदमा उम्मेदवारी दिएर मैदान उत्रिएका छन्। उनी महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा चुनाव लड्न लागेका हुन्।

नेपालको अपार जलस्रोतको उपयोग गर्ने नीति आवश्यक रहेको बताउँदै आएका लामिछानेले करिब २५ वर्षदेखि जलविद्युत क्षेत्रमा सक्रिय छन् । यो अनुभवलाई नीति निर्माणको तहमा महासंघमार्फत योगदान दिने उदेश्यले उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । जलविद्युत क्षेत्रको विकासका लागि बाधक बनेका प्रावधानहरु हटाउन प्रयत्न गर्ने उनको भनाई छ ।

उनले देशका लागि अतिआवश्यक र निर्यातमार्फत सहजै ठूलो आम्दानी गर्न सकिने क्षेत्र जलविद्युत भएकाले यो विषय नागरिक र सरकारलाई बुझाउन आवश्यक रहेको बताएका छन् । आफूले यस क्षेत्रमा काम गर्दा जलविद्युत विकासकर्ताहरु र इक्वीपमेन्ट सप्लायर्सहरुको दुःख, पीडा र मर्का बुझेको बताउँदै उनले ति समस्याहरुको समाधानमा केन्द्रित हुने आफ्नो योजनासमेत सुनाएका छन् ।

बटु लामिछाने नेपालको जलविद्युत विकासमा सम्झिनैपर्ने केही नामहरुको सूचीमध्ये अग्र पङ्तिमा आउने नाम हो । उनी सामान्य परिवारमै जन्मिएर अहिले जलविद्युतको विकासमा जमेका एक निर्भिक पात्र हुन् ।

वाणिज्य र बजारशास्त्रमा स्नातक गरेका उनले बिजनेशमै स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनले लोकसेवा पास गरेर केही वर्ष महालेखामा जागिर पनि गरे । त्यसपछि बैंकमा करियर खोज्न थाले । २०३८ सालमा वाणिज्य बैंकमा प्रवेश गरेका उनी २०४२ सालमै जागिर छोडेर निस्किए । त्यसपछि २०४२ सालमा गलैँचा र धागोको व्यवसाय सुरु गरे। पछि उनले उनले कन्स्ट्रक्शन क्षेत्रमा पनि हात हाले । कन्स्ट्रक्शन तर्फ दर्जनौं प्रोजेक्ट सम्पन्न गरेपछि उनी जलविद्युतमा होमिएका हुन् ।

बटु लामिछानेले प्रोजेक्ट डाइरेक्टरका रुपमा चाकुखोला आयोजनाको निर्माण सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेले । १ मेगावाटको यो आयोजना पछि १.५ मेगावाटको बन्यो । यो नै उनले प्रत्यक्ष संलग्न भएर बनाएको पहिलो आयोजना थियो । त्यसपछि थोपल खोला आयोजना पनि १ मेगावाटको थियो, पछि १.६ मेगावाटको बन्यो ।

अहिले उनी गणेश कार्कीसँग मिलेर बीजी ग्रुपमा आवद्द छन् । अहिले बीजी ग्रुप अन्तर्गत निर्माण सम्पन्न भएका र निर्माणाधिन गरेर ५०० मेगावाट भन्दा बढी क्षमताका आयोजना छन् । केही आयोजनाहरु चाँडै सम्पन्न हुने चरणमा पनि छन् ।

नेपालको अपार जलशक्तिलाई उपयोग गर्ने सरकारी नीति हुनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउने हो भने आफ्नो ग्रुपले नै ४०० मेगावाट सम्मका आयोजना बनाएर बिजुली उत्पादन गर्न सक्ने सामर्थ्य राख्ने उनी बताउँछन् ।

यो पनि : बैंक र महालेखाको जागिर छोडेर व्यवसायमा आएका बटु: गलैँचाबाट सुरु, बनाए दर्जनौँ हाइड्रो

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...

भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल...

राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश हुबहु जारी गर्नको लागि सरकारले फेरि गर्यो सिफारिस

राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

‘अहिले मुलुकसामु अभूतपूर्व अवसर आएको छ, अब लगानी बढाउने हाम्रो मुख्य ध्येय हुनुपर्छ’

चन्द्र प्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सोमबार सुनको भाउ घटेको छ। आइतबार प्रतितोला २...
spot_img