आज बुधबार पनि सुनको भाउ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ । आज कायम सुनको मूल्य हालसम्म कै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ६ हजार २ सय ५८ रुपैयाँ ५० पैसा तोकिएको छ । चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













