आज सोमबार पनि सुनको भाउ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६४ हजार ९ सय २० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा सुनको भाउ पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको हो ।
आज चाँदीको भाउ पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ५ हजार ८ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













