आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६४ हजार १ सय ८० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार २५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ३६ रुपैयाँ तोकिएको छ ।












