Wednesday, September 9, 2026
spot_img

तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी, चुनाव अघि नै रविले भनेका थिए ‘बजेट लेख्न थाल्नुस्’

spot_img

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ-१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भएका छन्। वाग्ले ३८ हजार ४० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याए ।

डा. वाग्ले रास्वपाका उपसभापति हुन् । उनलाई भावी अर्थमन्त्रीको रुपमा हेरिएको छ। चुनाव हुनु अघि नै रास्वपाका सभापति रवि लामिछानेले डा. वाग्लेलाई बजेट लेख्न थाल्न भनेका थिए । चुनावको अघिको चुनावी सभामा डा. वाग्लेलाई अर्थमन्त्री बनाउने भन्दै लामिछानेले ‘डाक्टर साहब, आउने वर्षको बजेट लेख्न सुरू गर्नुहोस्।’ भनेका थिए ।

डा. वाग्ले नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् । २०८० सालको उप निर्वाचनमा उनी तनहुँ १ बाट निर्वाचित भएका थिए। उनले राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको रुपमा काम गरिसकेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...