आईएमई लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १४ गतेको लागि साधारणसभा बोलाएको हो ।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन्। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर सहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
आइएमई लिमिटेड देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो । यो कम्पनी आईएमई ग्रुपद्वारा प्रबर्दन गरिएको हो । सन् २००१ मा यो कम्पनी प्राइभेट कम्पनीको रुपमा स्थापना भएकोमा सन् २०१४ मा पब्लिक कम्पनी बनेको थियो । कम्पनीका अध्यक्ष हेमराज ढकाल हुन् । कम्पनीमा हेम राज ढकाल र चन्द्र प्रसाद ढकालको समान ३३.३ प्रतिशत स्वामित्व रहेको छ।
कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीले १२ लाख ५० हजार ६ सय ६७ कित्ता कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो।









