Wednesday, September 9, 2026
spot_img

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

spot_img

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश जारी गरेका छन् । जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गरेको र सहिद परिवारसँग भेटघाट भएको सन्दर्भलाई लिएर गोल्याणले आफ्नो सामाजिक सञ्जालबाट यस्तो सन्देश जारी गरेका हुन् ।

‘त्यहाँ भेला भएका सबैको मुहारमा पीडा ताजा थियो, मानौं घटना हिजोमात्रै भएको हो,’ जेनजी सहिद स्मृति दिवसको सम्झना गर्दै उनले लेखेका छन्, ‘प्रज्वलित हरेक दियोको ज्वालामा र मौन रहेका हरेक अनुहारमा त्यो पीडा महसुस गर्न सकिन्थ्यो ।’

औपचारिक कार्यक्रम सकिएपछि गोल्याणले सहिद परिवारसँग भेटेको र त्यसले आफूलाई सोचमग्न बनाएको उल्लेख गरेका छन् । ‘त्यो कोठामा आँशुका बीच पनि आत्मीयता र न्यानोपन थियो, चिरपरिचित जस्तो सहजता झल्किन्थ्यो,’ उनले भनेका छन्, ‘किनभने एक वर्ष अवधिमा हामीबीच भएको निरन्तर भेटघाट, नानीबाबुहरु पढ्ने विद्यालय भ्रमण र कुराकानीले अपरिचित थिएनौं ।’ कार्यक्रमस्थलमा देखिएको आत्मीयता नै सबैभन्दा ठूलो सम्मान भएको उनले बताएका छन् ।

अक्षय नेतृत्वको गोल्याण ग्रुपले सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनमार्फत सहिदका सन्तानलाई कक्षा १२ सम्म शैक्षिकवृत्ति प्रदान गरेको छ भने शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका बुवाआमालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिएको छ । फाउण्डेशनले घोषणाको एक वर्षमै प्रतिवद्धता कार्यान्वयन गरेको छ । अहिले २२ सहिदका ३१ जना बालबालिकाले शैक्षिकवृत्ति पाएका छन् । फाउण्डेशनले मासिक जनही ४० हजारको दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च गर्छ । त्यसैगरी २२ सहिदका ४३ बुवाआमा स्वास्थ्य बीमामा आवद्ध भएका छन् । पहिलो वर्षमै करिब ८ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी भएको छ ।

अक्षयले यो सहकार्यबाट सहिदका परिवारका सदस्यहरुलाई गोल्याण परिवारकै एक हिस्सा बनाएको उल्लेख गरेका छन् । ‘सहिदका छोराछोरीहरु हाम्रा पनि छोराछोरी हुन् र बुवाआमा हाम्रा पनि,’ उनले भनेका छन्, ‘हामी सम्मान, जिम्मेवारी र सहिदहरूको बलिदानलाई कहिल्यै नबिर्सने प्रतिबद्धताका साथ यो यात्रालाई सँगसँगै अघि बढाइरहेका छौं ।’ सहिद परिवारसँगको एक वर्षको सम्बन्धले एउटै परिवारको आकार दिएको र आगामी यात्रा सँगसँगै अघि बढ्ने उनले बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...

नबिल इन्भेष्टमेन्टद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले...

ग्लोबल आइएमई क्यापिटलद्वारा २५ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई क्यापिटलले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज...

अब थप शुल्क नतिरी जुनसुकै ब्राण्डको ग्यास साट्न पाइने

काठमाडौँका उपभोक्ताले अब आफूसँग भएको खाली सिलिण्डर जुनसुकै ब्राण्डसँग...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला...