प्रतिनिधिसभा सदस्यको निर्वाचन पश्चात अहिले धमाधम प्रारम्भिक मतपरिणाम आइरहेको छ । हालसम्म यस निर्वाचनको सबैभन्दा ठूलो क्षति नेकपा एमालेले ब्यहोर्ने देखिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका बालेन शाहभन्दा १० हजार मतले पछि परिसकेका छन् । महासचिव शंकर पोखरेल पनि रास्वपाका विपिन आचार्यसँग भारी मतान्तरले पछाडी छन् ।
पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ ५ मा रास्वपाका सस्मित पोखरेलसँग करिब करिब हार्ने अवस्थामा छन् । उनी कांग्रेसका प्रदीप पौडेलभन्दा पनि पछाडी छन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही २ मा रास्वपाका सुलभ खरेलसँग भारी मतान्तरसहित पछि छन् भने सचिव डा. राजन भट्टराई काठमाडौँ ४ मा रास्वपाका पुकार बम र नेपाली कांग्रेसका सचिन तिमल्सेनाभन्दा निकै पछि परिसकेका छन् । उनी कमब्याक गर्ने सम्भावना न्यून मात्रै होइन, असम्भव जस्तै छ ।
अर्का सचिव महेश बस्नेत पनि चुनाव हार्ने अवस्थामा पुगेका छन् । भक्तपुर २ मा उनलाई रास्वपाकै राजीव खत्रीले चुनाव हराउने देखिएको छ ।
उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी २ मा र उपमहासचिव लेखराज भट्ट कैलाली ४ मा पनि प्रतिस्पर्धीभन्दा पछि परिरहेका छन् । यद्यपी, यी दुइ क्षेत्रमा भने भर्खरै मतगणना सुरु भएकाले भारी मतान्तर भने छैन ।
सचिव भानुभक्त ढकाल भने तेह्रथुममा केही मतले अगाडि लागेका छन् ।









