देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ। मतदानको लागि साँझ ५ बजेसम्मको समय तोकिए पनि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले सो अवधिपछि पनि मतदान गरिरहेका छन् ।
सर्वाधिक चासो रहेको झापा क्षेत्र नम्बर ५ मा आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ। सबै मतपेटिका मतगणना स्थलमा लगेपछि सर्वदलीय बैठक बसेर आज नै मतगणना सुरु गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयले गरेको छ।
झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। यी दुवै नेता आ-आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीको उम्मेदवार हुन् ।









