Friday, May 1, 2026
spot_img
spot_img

चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने

spot_img
spot_img

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ ‘निर्वाचनको समयमा सवारी आवागमन सहजीकरणका गर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यस पूर्व गरिएका सिफारिसहरू र यो सिफारिसबमोजिम सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध छ ।”

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड ‘झ’ र ‘त’, ऐ. कार्यविधिको दफा १५ समेतका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई घरदेखि कार्यालय तथा कार्यालयदेखि घरसम्म जान–आउन पास आवश्यक नपर्ने व्यवस्था मिलाउन आयोगबाट नेपाल सरकारलाई सिफारिस गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीसमेत गराएको छ ।

आयोगले नियमविपरीत गरे÷गराइएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाउने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img