Thursday, April 30, 2026
spot_img
spot_img

शान्ता प्लाईवुड लिमिटेडले माग्यो आईपीओ निष्काशन अनुमति

spot_img
spot_img

शान्ता प्लाईवुड लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले गत चैत्र १८ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले २१ करोड ५० लाख रुपैयाँ बराबरको २१ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीको कार्यालय नवलपरासीको रामग्राम नगरपालिका ११ जमुवार्डमा रहेको छ। कम्पनीले बाँसका विभिन्न प्रकारका सामाग्री उत्पादन गरि बिक्री गर्दै आएको छ। कम्पनीको ७० प्रतिशत उत्पादन भारत निर्यात हुदै आएको छ। कम्पनीले युएई, कतार, ओमान लगायतका मध्यपूर्वका देशमा पनि आफ्नो उत्पादन निर्यात गर्ने तयारी गरिरहेको छ। कम्पनीका अनुसार आगामी सेप्टम्बरदेखि मध्य पूर्वका देशमा कम्पनीको उत्पादन निर्यात सुरु गर्ने लक्ष्य रहेको छ।

कम्पनीमा भुषाल परिवार, कदम केसी, गरिमा होल्डिंग्स लगायतको लगानी रहेको छ। कम्पनीका अध्यक्ष बालकृष्ण भुषाल हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img