spot_img

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

spot_img

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका ८ वटा बीमा कम्पनीमा संस्थापाक शेयर हाल्नेहरुसँग प्रिमियम रकमको विवरण माग गरेको छ । विभागले आज सूचना प्रकाशन गर्दै अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि संस्थापक शेयरधनीसँग प्रिमियम रकमको विवरण माग गरेको हो ।

विभागले नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लि., गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिवर्टि माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी र हिमालयन रिइन्सुरेन्सका संस्थापक शेयरधनीसँग प्रिमियम रकमको विवरण मागेको हो।

ति कम्पनीहरुमा संस्थापक शेयर खरिद गर्ने संस्थापक शेयरधनीहरुसँग कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) वापत हालिदिएको रकमको विवरण माग गरिएको हो। विभागले प्रिमियम वापतको रकम कुन व्यक्ति वा संस्थाहरुको बैक खातामा बुझाईएको हो, कति रकम हो,  कुन बैंक तथा वित्तीय संस्थाको खातामा हो,  भन्ने विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा बुझाउन आग्रह गरेको हो ।

विभागले यी विवरण १५ दिन भित्र बुझाउन आग्रह गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...