spot_img

रसुवा पानीले जापानमा जित्यो ‘गोल्ड क्वालिटी अवार्ड’

spot_img

रसुवा पानीले जापानमा ‘गोल्ड क्वालिटी अवार्ड’ प्राप्त गरेको छ । रुद्र गंगा नेचुरल प्रा.लि.ले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित गोसाइकुण्ड धुन्चेमा उत्पादन गर्ने रसुवा पानीलाई जापानले गुणस्तरीय पिउने पानीका रुपमा ‘गोल्ड क्वालिटी अवार्ड’मार्फत सम्मानित गरेको हो ।

जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीको उपस्थितिमा ‘जापान एक्वा सोमेलियर एसोसिएसन’ले रसुवा पानीलाई गोल्ड मेडलबाट सम्मान गरेको हो । गत शुक्रबार ‘जापान एक्वा सोमेलियर एसोसिएसन’ले विभिन्न देशबाट जापानमा पुग्ने ५ सय हाराहारी पानी ब्राण्ड मध्येबाट रसुवा पानीलाई सम्मानित गरेको हो । नेपालबाट रसुवा पानी जापानमा हार्मोनी कम्पनीले लैजाने गरेको छ ।

‘जापानमा उत्पादन हुने र विश्वभरबाट जापानमा निर्यात हुने पानीमध्येबाट रसुवा पानीले प्रथम स्थान हाँसिल गर्दा सगरमाथा र गौतम बुद्धको भूमिबाट हामी गर्वानूति महशुस गर्दछौँ’ रुद्र गंगा नेचुरल प्रा.लि.का अध्यक्ष गणेशबहादुर भण्डारीले बिजनेश पानासँग भने, ‘एशियाली पानीले अहिलेसम्म यो अवार्ड प्राप्त गर्न सकेका थिएनन्, यसवर्ष नेपाली उत्पादन रसुवा पानीले यो अवार्ड जित्न सफल भएको छ, यसले जापानसहित विश्वभरी नै नेपाली उत्पादनप्रतिको विश्वास बढाउनेमा आशावादी छौँ ।’

उनका अनुसार यो अवार्ड ३ वर्षका लागि मान्य हुन्छ । यद्यपी, बीचबीचमा जापान एक्वा सोमेलियर एसोसिएसनले पानीको गुणस्तर भने जाँच गरिरहने उनको भनाइ छ ।

शत् प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोग भएर उत्पादन हुने पानीदे यसरी विश्वस्तरीय अवार्ड प्राप्त गर्नु भनेको मुलुककै लागि गर्वको विषय भएको भण्डारी बताउँछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...