Wednesday, June 18, 2025
spot_img

रसुवा पानीले जापानमा जित्यो ‘गोल्ड क्वालिटी अवार्ड’

spot_img
spot_img

रसुवा पानीले जापानमा ‘गोल्ड क्वालिटी अवार्ड’ प्राप्त गरेको छ । रुद्र गंगा नेचुरल प्रा.लि.ले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित गोसाइकुण्ड धुन्चेमा उत्पादन गर्ने रसुवा पानीलाई जापानले गुणस्तरीय पिउने पानीका रुपमा ‘गोल्ड क्वालिटी अवार्ड’मार्फत सम्मानित गरेको हो ।

जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीको उपस्थितिमा ‘जापान एक्वा सोमेलियर एसोसिएसन’ले रसुवा पानीलाई गोल्ड मेडलबाट सम्मान गरेको हो । गत शुक्रबार ‘जापान एक्वा सोमेलियर एसोसिएसन’ले विभिन्न देशबाट जापानमा पुग्ने ५ सय हाराहारी पानी ब्राण्ड मध्येबाट रसुवा पानीलाई सम्मानित गरेको हो । नेपालबाट रसुवा पानी जापानमा हार्मोनी कम्पनीले लैजाने गरेको छ ।

‘जापानमा उत्पादन हुने र विश्वभरबाट जापानमा निर्यात हुने पानीमध्येबाट रसुवा पानीले प्रथम स्थान हाँसिल गर्दा सगरमाथा र गौतम बुद्धको भूमिबाट हामी गर्वानूति महशुस गर्दछौँ’ रुद्र गंगा नेचुरल प्रा.लि.का अध्यक्ष गणेशबहादुर भण्डारीले बिजनेश पानासँग भने, ‘एशियाली पानीले अहिलेसम्म यो अवार्ड प्राप्त गर्न सकेका थिएनन्, यसवर्ष नेपाली उत्पादन रसुवा पानीले यो अवार्ड जित्न सफल भएको छ, यसले जापानसहित विश्वभरी नै नेपाली उत्पादनप्रतिको विश्वास बढाउनेमा आशावादी छौँ ।’

उनका अनुसार यो अवार्ड ३ वर्षका लागि मान्य हुन्छ । यद्यपी, बीचबीचमा जापान एक्वा सोमेलियर एसोसिएसनले पानीको गुणस्तर भने जाँच गरिरहने उनको भनाइ छ ।

शत् प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोग भएर उत्पादन हुने पानीदे यसरी विश्वस्तरीय अवार्ड प्राप्त गर्नु भनेको मुलुककै लागि गर्वको विषय भएको भण्डारी बताउँछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img