Friday, June 19, 2026
spot_img

 नेपालको एआई सञ्चार प्लेटफर्म टिङटिङले सार्वजनिक गर्‍यो चार प्रडक्ट

spot_img
spot_img

एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङ चारवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल कार्यक्रममार्फत टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट सार्वजनिक गरेको हो ।

‘टिङटिङ नेक्स्ट’ नाम दिइएको उक्त इभेन्टबाट नेपालमै पहिलो पटक प्रडक्ट लञ्च गरेको कम्पनीको दावी छ । यसलाई टिङटिङले नेपाली प्रविधि उद्योगका लागि नयाँ युगको सुरूवात भएको संज्ञा दिएको छ । टिङटिङले केवल नयाँ सञ्चार उपकरणहरू सार्वजनिक गरेको मात्र नगरेर समग्र नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानक समेत स्थापित गरेको कम्पनीको भनाइ छ ।

व्यवसाय विस्तार हुँदै जाँदा ग्राहक र कम्पनीबीचको आत्मीय सम्बन्ध कमजोर हुँदै जाने र संवाद केवल डाटामा सीमित हुने समस्यालाई सम्बोधन गर्न टिङ टिङको अवधारणा आएको हो । ‘आधुनिक व्यवसायको सबैभन्दा ठूलो चुनौती सञ्चार होइन, ग्राहकको कुरा बुझ्नु हो,’ कम्पनीले भनेको छ ।

अधिकांश प्रविधिहरूले कम्पनीले कसरी बोल्छ भन्नेमा ध्यान केन्द्रित गर्दा टिङ टङले भने कम्पनीले ग्राहकलाई कसरी बुझ्छ भन्ने कुरालाई केन्द्रमा राखेर आफ्ना प्रणालीहरू विकास गरेको जनाएको छ। यो लन्चले साधारण स्वचालित प्रणालीबाट ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्रालाई संकेत गर्छ, जहाँ कुनै पनि ग्राहकको आवाज डाटाको भीडमा हराउने छैन।

प्रविधिमा नयाँ फड्को
टिङटिङले एआई प्रविधिको प्रयोग गरेर नेपालमै विश्स्तरीय प्रडक्ट बनाउनु प्रविधि क्षेत्रमा एउटा ठूलो फड्को मानिएको छ । अर्बौँको स्केलमा चल्न सक्ने डिस्ट्रिब्युटेड आर्किटेक्चर, उच्च सुरक्षा मापदण्ड र सेल्फ–हिलिङ क्षमतासहितको प्लेटफर्ममार्फत टिङटिङले नेपालमै विश्वस्तरीय र भरपर्दो एआई प्रविधि निर्माण सम्भव छ भन्ने प्रमाणित गरेको कम्पनीको बुझाइ छ ।

यसले स्थानीय एआई फस्टाउनका लागि बलियो आधार तयार गरेको कम्पनीको भनाइ छ। यस ऐतिहासिक लन्चसँगै कम्पनीले नेपालका व्यवसायहरूलाई साधारण लेनदेनभन्दा माथि उठेर दक्षता र समानुभूतिसँगै अघि बढ्ने भविष्य अँगाल्न आह्वान गरेको समेत छ।

चार प्रडक्ट र विशेषता

नेपाली बजारका विशिष्ट आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यसहित टिङ टिङले चारवटा मुख्य प्रडक्ट लाइन सार्वजनिक गरेको छ ।

टिङटिङ भ्वाइस
यस इकोसिस्टमको केन्द्रमा रहेको ‘रिरी’ नेपालमै शून्यबाट निर्माण गरिएको टेक्स्ट-टु-स्पीच इन्जिन हो। टिङटिङको आफ्नै डाटा फाउन्ड्री प्रयोग गरेर स्थानीय लवज, भाव र भाषिक विशेषतालाई ध्यानमा राखी तयार गरिएको ‘रिरी’ले रोबोटिक वा विदेशी उच्चारण होइन, मौलिक नेपाली आवाजमा संवाद गर्छ।

टिङटिङ टेक्स्ट
नेपालको सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत यो प्रणालीले सार्वजनिक सूचना, सेवा अपडेट तथा सूचनाहरू छिटो र भरपर्दो रूपमा लाखौँ प्रयोगकर्तासम्म पुर्‍याउने सुनिश्चित गर्छ।

टिङटिङ फर्म्स
ग्राहक प्रतिक्रिया संकलन गर्ने परम्परागत तरिकालाई परिवर्तन गर्दै यसले प्रयोगकर्तालाई आवाजमार्फत आफ्ना विचार व्यक्त गर्ने सुविधा दिन्छ। एआईले बोलेको नेपाली भाषालाई तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्ने भएकाले झन्झटिला डिजिटल फर्महरूको आवश्यकता पर्दैन।

टिङटिङ एजेन्ट्स
लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको यो प्रणालीले पुरानो शैलीको ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता मेनुहरूलाई विस्थापित गर्दै प्राकृतिक दुईतर्फी संवाद सम्भव बनाउँछ।
२०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज, आशय र भावना बुझेर प्रतिक्रिया दिन सक्ने क्षमताले ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने कम्पनीको दाबी छ।

टिङटिङ नेपालको एआई सञ्चार प्लेटफर्म हो। नेपालमै जन्मिएको र विश्वका लागि निर्माण गरिएको यस प्लेटफर्मले आफ्नै एआई भ्वाइस इन्जिन र अत्याधुनिक प्रविधि संरचनामार्फत व्यवसायहरूलाई आफ्ना ग्राहकलाई अझ गहिरो रूपमा बुझ्न सशक्त बनाउँने कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...

सुनको भाउमा भारी गिरावट

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...
spot_img