Friday, June 19, 2026
spot_img

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै पत्र पठाएको छ। बोर्डको सुपरिवेक्षण विभागले बोर्डमा धितोपत्र दर्ता गराएका सम्पूर्ण संगठित संस्थालाई सम्बोधन गर्दै असार ३ गते बुधबार पत्र पठाएको हो।

सहायक निर्देशक बिमला पाठकको हस्ताक्षर रहेको उक्त पत्रमा वित्तीय विवरण तथा मूल्य संवेदनशिल सूचनाहरू तयार पार्दा र प्रकाशन गर्दा  आवश्यक सतर्कता अपनाउन भनिएको छ । लगानीकर्ताको लगानीमा प्रत्यक्ष असर पार्ने मूल्य संवेदनशिल सूचना तथा वित्तीय विवरणहरू तयार तथा प्रकाशन गर्दा आवश्यक सतर्कता अपनाउन बोर्डले भनेको छ।

वित्तीय विवरण तथा मूल्य संवेदनशिल सूचनाहरू प्रकाशन गर्दा कतिपय सुचिकृत संगठित संस्थाहरूले प्रकाशित गरेको सूचनामा भुलबस त्रुटी भएको भनी भुल सुधारको सूचना प्रकाशन गर्ने गरेको देखिएकोले सतर्कता अपनाउन भनिएको बोर्डले जनाएको छ ।

पत्रमा भनिएको छ ‘उपर्युक्त सम्बन्धमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ मा भएको व्यवस्था बमोजिम वित्तीय विवरण तथा मूल्य संवेदनशिल सूचनाहरू प्रकाशन गर्दा कतिपय सुचिकृत संगठित संस्थाहरूले प्रकाशित गरेको सूचनामा भुलबस त्रुटी भएको भनी भुल सुधारको सूचना प्रकाशन गर्ने गरेको देखिएकोमा लगानीकर्ताको लगानीमा प्रत्यक्ष असर पार्ने मूल्य संवेदनशिल सूचना तथा वित्तीय विवरणहरू तयार तथा प्रकाशन गर्दा आवश्यक सतर्कता अपनाउन निर्णयानुसार सूचित गरिन्छ ।’

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सुनको भाउमा भारी गिरावट

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको असार...
spot_img