Saturday, June 20, 2026
spot_img

लघुवित्तका संचालक, सीइओ र उच्च व्यवस्थापकले पनि राष्ट्र बैंकलाई १० थरी विवरण बुझाउनु पर्ने

spot_img
spot_img

लघुवित्तका संचालक , सीइओ र उच्च व्यवस्थापकले पनि नेपाल राष्ट्र बैंकलाई १० थरी विवरण बुझाउनु पर्ने भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज लघुवित्तका कम्पनीका सीइओ, संचालक र उच्च व्यवस्थापकलाई निर्देशन जारी गर्दै १० थरी विवरण बुझाउनु पर्ने व्यवस्था गरेको हो ।

जस अनुसार अब लघुवित्तका सीइओ, संचालक र उच्च व्यवस्थापकले आफ्नो निम्न विवरण राष्ट्र बैंकमा पेश गर्नु पर्ने छ । हाल बहालमा रहेका संचालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहको पदाधिकारीले पनि यी विवरण राष्ट्र बैंकमा बुझाउनु पर्नेछ। विवरण परिवर्तन भएमा समेत अद्यावधिक विवरण लिई राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्ता छन् बुझाउनु पर्ने विवरण 

१. सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा,

२.  सम्बन्धित व्यक्तिको पारिवारिक विवरण,

३. नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा , यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था,

४.  कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा । यदि भएको भए सोको विवरण,

५. अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा,

६. स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा,

७. स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण,

८.  नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा,

९. विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण,

१०.  वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण ।

यी विवरण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका संचालक, सीइओ र उच्च व्यवस्थापकले पनि राष्ट्र बैंकलाई बुझाउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img